चलचित्र ‘लालीबजार’को प्रदर्शन रोक्न अदालतको आदेश

चलचित्र ‘लालीबजार’को प्रदर्शन रोक्न अदालतको आदेश

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोकिएको छ ।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको हो ।

चलचित्रका केही शब्दहरूमा आपत्ति जनाइएको छ ।

यम थापा निर्देशित फिल्म ‘लालीबजार’ वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदीको अभिनय छ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

Skip This
Skip This
Logo