नेपाल एयरलाइन्सले भारतीय भूमि पाकिस्तानमा देखाएपछि नागरिकको विरोध, माफी माग्दै हटायो नेटवर्क नक्सा

नेपाल एयरलाइन्सले भारतीय भूमि पाकिस्तानमा देखाएपछि नागरिकको विरोध, माफी माग्दै हटायो नेटवर्क नक्सा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले सामाजिक सन्जालमा पोष्ट गरेको नेटवर्क नक्सा हटाउदै माफी मागेको छ । भारतमा पर्ने जम्मुकश्मिर क्षेत्रलाई पाकिस्तानको नक्सामा देखाएपछि आलोचना भएको छ ।

निगमले गल्ती भएको स्वीकार गर्दै माफी मागेको छ । उक्त नक्सा सामाजिक सन्जालबाट हटाइएको छ । “सामाजिक सन्जालमार्फत् हालै साझा गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमायाचना गर्दछौं, अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्सांकन त्रुटिहरु थिए,” नेपाल एयरलाइन्सले भनेको छ ।

नेपाल एयरलाइन्सले सोसल मिडिया मार्फत् भनेको छ- “सो नक्सा हटाइसकेको र त्रुटिबारे आन्तरिक समीक्षा गरिरहेका छौ । हामी छिमेकी र मित्रहरुसँगको हाम्रो सदृढ सम्बन्धलाई अत्यन्त महत्व दिन्छौं र उक्त पोस्टबाट कुनै पनि प्रकारको असहजता वा आपत्ति भए त्यसप्रति दु:ख व्यक्त गर्दछौं ।”

नेपाल एयरलाइन्सले पोष्ट गरेको नक्साको भारतमा विरोध भएको थियो । भारतीय नागरिकहरुले सोसल मिडिया प्लेटफर्ममा नेपाल एयरलाइन्स र जम्मुकश्मिरसँग सम्बन्धित ह्यासट्याग राख्दै विरोध गरेका थिए । कतिपयले नेपाल एयरलाइन्सलाई भारत विरोधी भनेर पनि आलोचना गरेका थिए ।

Logo