आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना, पश्चिमी र स्थानीय वायुसँगै न्यून चापीय क्षेत्रको प्रभाव कायमै

आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना, पश्चिमी र स्थानीय वायुसँगै न्यून चापीय क्षेत्रको प्रभाव कायमै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्रको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग हित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Logo