जानकी (बाँके)। गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ । सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो ।
त्यस अवसरमा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा र आमा पुनम थापाले माल्यार्पण गरे । सहिदका परिवारजनसँगै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाललगायत विभिन्न व्यक्तित्वहरूले दीप प्रज्वलन तथा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरे ।
नगरप्रमुख बिष्टले सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको नाममा विशालनगर क्षेत्रमा प्रवेशद्वार निर्माण भइरहेको जानकारी दिँदै उनीहरूको स्मृतिलाई सदैव जीवित राखिने बताए । वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले सहिदहरूको बलिदानलाई सम्मान गर्दै उनीहरूले देखाएको बाटोमा अघि बढ्नु हाम्रो कर्तव्य भएको बताए ।





























प्रतिक्रिया