नेपाल रेडक्रसका सबै तहको निर्वाचन प्रक्रिया स्थगित

नेपाल रेडक्रसका सबै तहको निर्वाचन प्रक्रिया स्थगित

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालन हुँदै आएको सबै तहको निर्वाचन प्रक्रिया हालका लागि स्थगित भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंको निर्देशनपछि केन्द्रीय कार्यालयले आइतबार परिपत्र जारी गर्दै जारी निर्वाचन तालिका स्थगित गर्ने निर्णय गरेको हो। यसअघि असार मसान्तभित्र सबै तहका निर्वाचन सम्पन्न गर्ने तयारी गरिएको थियो।

निर्धारित कार्यतालिका अनुसार पालिका शाखाको निर्वाचन वैशाख २६ देखि जेठ ४ सम्म, जिल्ला शाखाको जेठ १५ गते, प्रदेश समितिको असार २ गते तथा केन्द्रीय समितिको निर्वाचन असार २४ र २५ गते हुने तय भएको थियो। यसबारे सबै प्रदेश कार्यालय, जिल्ला शाखा तथा पालिका समितिहरूलाई औपचारिक रूपमा परिपत्र पठाइसकिएको छ।

Logo