पश्चिमी र स्थानीय वायू तथा न्यून चापीय क्षेत्रको प्रभाव कायमै, सतर्कता अप्नाउन जल तथा मौसम पुर्वानुमान विभागको अनुरोध

पश्चिमी र स्थानीय वायू तथा न्यून चापीय क्षेत्रको प्रभाव कायमै, सतर्कता अप्नाउन जल तथा मौसम पुर्वानुमान विभागको अनुरोध

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायमै रहको छ ।
जल तथा मौसम पुर्वानुमान विभागकाअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपात साथै बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान विभागले जनाएको छ ।

आज राती कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा तथा मधेश र बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

Logo