अध्यादेश मार्फत हटाएको दूरसञ्चार प्राधिकरणमा पदाधिकारी नियुक्ती अवेदन खुला

अध्यादेश मार्फत हटाएको दूरसञ्चार प्राधिकरणमा पदाधिकारी नियुक्ती अवेदन खुला

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। सरकारले अध्यादेश मार्फत हटाएको नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको नेतृत्व र सञ्चालक समितिमा नयाँ नियुक्ति प्रक्रिया सुरु गरेको हो ।

मन्त्रालयका अनुसार प्राधिकरणको एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि उम्मेदवार छनोट गरिनेछ । यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकहरूले आगामी २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवेदन दिइ सक्नुपर्नेछ ।

यस पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फाराम र अन्य आवश्यक कागजातहरूको विस्तृत विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।

Logo