मकवानपुरमा ईभी गाडी दुर्घटना : नौ भारतीयसहित ११ जना घाइते

मकवानपुरमा ईभी गाडी दुर्घटना : नौ भारतीयसहित ११ जना घाइते

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर-२ लामबगरमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीयसहित ११ जना घाइते भएका छन्।

गएराति काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी सडकको दाहिने साइडको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका भारतीय नागरिकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

प्रहरीले गाडी चालक धनुषाको लक्ष्मीनिया–४ का ३० वर्षीय पिन्टु सिंहसहित दुई जना नेपालीलाई केही नभएको र एक जना आफूखुसी घर गएको जनाएको छ।

प्रहरीले गाडी चालक सिंहलाई नियन्त्रणमा लिएको छ।

Logo