पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय हावाको प्रभावले ४ प्रदेशमा चट्याङ्ग, हावाहुरी र असिना पानीको सम्भावना

पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय हावाको प्रभावले ४ प्रदेशमा चट्याङ्ग, हावाहुरी र असिना पानीको सम्भावना

केन्द्रबिन्दु
6
Shares

काठमाडौ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय हावा र तल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्रको प्रभाव रहको छ। त्यहीकारण बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही जिल्लाहरूमा हावाहुरी/असिना/मेघगर्जन/चट्याङ्गको पनि सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

Logo