आजको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने, प्रधानमन्त्री शाहले छलफलमा उठेका प्रश्नको जवाफ दिने

आजको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने, प्रधानमन्त्री शाहले छलफलमा उठेका प्रश्नको जवाफ दिने

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । आज संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयकाअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । आजको बैठकको सुरुमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८३/०८४ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसपछि बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ । आजै प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची संसद् सचिवालयले जनाएको छ ।

Skip This
Skip This
Logo