अश्लील तस्बिर सार्वजनिक गर्ने दुईजना पक्राउ

अश्लील तस्बिर सार्वजनिक गर्ने दुईजना पक्राउ

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । बैतडीमा प्रहरीले अश्लील तस्बिर सार्वजनिक गरेको आरोपमा दुई जना र बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पञ्चेश्वर गाउँपालिकाकी एक महिलाको अश्लील तस्बिर र भिडियो सार्वजनिक गरेको आरोपमा एक जना महिला र एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पञ्चेश्वर–५ गिरेगडाका अन्दाजी २२ वर्षीय सुनिल चन्द र एक जना महिला पक्राउ गरी अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

पञ्चेश्वरकै एक महिलाले आफ्नो अश्लील तस्बिर र भिडियो यी दुई जनाले एक आपसमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी चरित्र हत्या गरेको भन्दै इलाका प्रहरी मेलौलीमा निवेदन दिएपछि ती महिला र युवकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए ।

यता पुर्चौडी नगरपालिका –५ कुवाकोट बस्ने ३७ वर्षीय सुमती कुमार कुँवरलाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ साल फागुन २६ मा गरेको फैसला अनुसार कुँवर बैंकिङ कसुर मुद्दामा तीन दिन कैद सजाय र ९ लाख ५० हजार जरिवाना तोकिए पछि फरार भएका थिए ।

Logo