पश्चिम तराई तातो हावाको लहर, केहीस्थानमा बर्षा हुने

पश्चिम तराई तातो हावाको लहर, केहीस्थानमा बर्षा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यहीकरण देशभर बादल लाग्ने र केहीस्थानमा बर्षा र हिमपात हुने सम्भावना रहेको जल तथ मौसम विभागले जनाएको छ ।

जल तथ मौसम विभाग कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ। तातो हावा चल्ने भएकाले ‘लु’ लागेर मान्छे विरामी पर्ने सम्भावना रहेको छ । त्यसैले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका सबै जिल्ला र पहाडी जिल्लाका भित्री मधेस र बेंसीमा अत्यधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विभागले जनाएको छ ।

Logo