रास्वपा बागमती प्रदेश अधिवेशन : पाँच मत खसेपछि मतदान स्ठगित

रास्वपा बागमती प्रदेश अधिवेशन : पाँच मत खसेपछि मतदान स्ठगित

केन्द्रबिन्दु
12
Shares

हेटौंडा । रास्वपा वाग्मती प्रदेशको अधिवेशन अन्तर्गत मंगलबार राति करिब १ बजेपछि मतदान सुरु भएको थियो । अधिवेशन अन्तर्गत राति अबेर गरी सुरु भएको मतदान विवाद भएपछि स्थगित गरिएको थियो ।

निर्वाचन कार्यक्रम अन्तर्गतको कार्यतालिकाअनुसार एक सभापति पदका लागि चारजना उमेदवार कायम रहेको थियो भने ८८ जनाले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । सभापति पदका लागि अन्तिम उम्मेदवारको लागि नामावली सार्वजनिक भएपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । सभापति पदका लागि अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्री चुनावमा होमिएका थिए ।

निर्वाचन समितिले मतदाताको नामावली समेत निर्धारण गरि मतदान सुरु गरेको थियो । मतदान सुरु भएको ३० मिनेटमा नै विवाद भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।

बुधबार बिहान ८ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरेर निर्वाचन समिति अधिवेशन स्थलबाट बाहिरिएको थियो । मंगलबार राति १:३० बजेदेखि मतदान सुरु भएको र करिब ५ जनाले मतदान गरेपछि स्थगित गरिएको थियो ।

हेटौंडा-१ स्थित हिमालयन दरबारमा आयोजित अधिवेशनमा दोस्रो सत्रको निर्वाचन प्रकियाको क्रममा भक्तपुरकाे मतदाता नामावली र उमेदवारीको नाम नखुलाइएको भन्दै विवाद भएको थियो ।

निर्वाचन क्षेत्र क्लस्टर अनुसारको उमेदवारको नामावली छुटेको भन्ने विषयमा विवाद हुँदा कार्यकर्ता तथा मतदात आक्रोशित भएका थिए । आक्रोशित मतदाता र कार्यकर्ताले मतपत्र च्यात्ने तथा नाराबाजीसहित हो-हल्ला गरेका थिए ।

सो लगत्तै स्थगित गरिएको निर्वाचन कार्यक्रम हाल सम्म सुरु हुन सकेको छैन । अधिवेशन स्थलमा आयोजक समिति तथा निर्वाचन समितिका पदाधिकारी देखिएका छैनन् ।

Logo