भरुवा बन्दुक पड्किँदा एकको मृत्यु

भरुवा बन्दुक पड्किँदा एकको मृत्यु

केन्द्रबिन्दु
15
Shares

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको शुक्रबार मृत्यु भएको छ । बन्दुक सफा गर्ने क्रममा पड्किँदा घटना भएको प्रहरीले जनाएको छ ।

सफा गर्ने क्रममा बारुद लोड भएको बन्दुकको नाल उनले आगोमा तताएका थिए। त्यसपछि मुखले फुकेर सफा गर्ने प्रयास गर्दा अचानक पड्किएको थियो । गम्भीर घाइते थापालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकामा उपचारकै क्रममा शुक्रबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरी चौकी जितपुरबाट खटिएको टोलीले घटनास्थलबाट एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। थापाले बाँदर धपाउन घरमा बन्दुक राखेको हुन सक्ने घटनास्थलमा पुगेका धनकुटा प्रहरीका निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । प्रहरी निरीक्षक राजवंशीको कमाण्डमा थप प्रहरी टोली घटनास्थलमा खटिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Logo