काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा हुँदै गरेको प्रथम महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधी तथा शुभेच्छुकहरुका कारणले भरतपुरका अधिकांश होटल भरिएका छन् ।
रास्वपाको महाधिवेशन भोली असार ७ गतेदेखि ९ गतेसम्म भरतपुर महानगरपालिका १० मा हुन लागेको छ । रास्वपाको महाधिवेशन जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको गेस्ट हाउस चौरमा हुँदैछ भने, बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुँदैछ
रास्वपाको उद्गम आधार विन्दु नै चितवन भएकोले भविश्यसम्मका अविश्मरणीय बनोस् भनेर नै चितवनलाई पहिलो महाविधेशनस्थलका रुपमा रोजिएको सो पार्टीका नेताहरुले बताउँदै आएका छन् । सो पार्टीको महाविधेशनमा भाग लिन देशका विभिन्न जिल्ला, प्रवास तथा विभागहरुबाट प्रतिनिधीहरु चितवन आउन लागेकोले अधिकांश होटलहरू बुकिङ भैसकेका छन् ।
महाधिबेशनमा ३ हजारदेखि ३५ सयसम्म प्रतिनिधी, भोलेन्टिर्यसहरू, कार्यकर्ताहरु, पर्यवेक्षक तथा अन्य शुभेच्छुकहरू चितवन आउँदैछन् । कपितय शुक्रबार साँझ देखि नै आउन थालेका छन् ।
भरतपुरका अलवा, गैंडाकोट, सौराहा र टाँडीमा समेत होटलहरु बुकिङ गरिएका छन् । समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार र युटुबरहरुको लर्को पनि भरतपुरमा लागेको छ । महाधिवेशन प्रतिनिधी, नेता, कार्यकर्ता र अन्य व्यक्तिहरु आउने क्रमसँगै यहाँका होटल तथा रेष्टुरेन्टहरूमा भिडभाड देखिन थालेको छ ।
भरतपुर महानगरपालिका वडा नं.२ क्षेत्रपुरमा रहेको दियालो फुडल्याण्डका कार्यकारी निर्देशक रमेश अधिकारीले महाविधेशन नजिकिएसँगै होटलमा ६० जना बस्ने मिल्ने कोठाहरु बुकिङ्ग भैसकेको जनाउँदै रेष्टुरेन्टको ब्यापार बढ्न थालेको बताए ।
दियालोमा १९ वटा कोठा पछिल्लो ५ दिन यता सबैजसो बुकिङ्गमा छन् । रास्वपाका अधिकांश नेता कार्यकर्ताहरु दियालोमा नै बस्नका लागि आउने गरेको तर आफू कहाँ कोठा नभएको अधिकारीले बताए । ‘मैंले थाहा पाए अनुसार भरतपुरका कुनै पनि होटलका कोठा खाली छैनन्, सबै कम्तीमा पनि ४ दिनका लागि बुकिङ भएका छन्’, प्रबन्ध निर्देशक अधिकारीले भने, ‘रास्वपाले चितवनलाई पहिलो महाधिवेशनस्थल बनाएर असाध्यै महत्वपूर्ण काम गरेको महसुस गरेका छौं, देशभरबाट पाउने पाहुनाहरुलाई भरतपुर चितवनले आतिथ्यतामा कुनै कमी गर्न हुँदैन ।’
हाकिमचोकमा रहेको सिएमटी रिसोर्टका अधिकांश कोठाहरु बुकिङ गरिएका छन् । भरतपुरका ठूला होटलहरु सिराईचुली, ग्यालेक्सी गार्डेन रिर्सोट, भरतपुर गार्डेन रिर्सोट, चितवन गार्डेन रिर्सोट, होटल सिद्धार्थ, ल्याण्डमार्क, भिभान्ता सबै जसो होटलहरु बुकिङ छन् ।
भरतपुरकै सिराईचुली होटलका सिराईचुली होटलका प्रवन्ध निर्देशक विष्णु कुँवरले ठूला दलका ठूला नेताहरु भरतपुर आउँदा सिराईचुलीमा नै बस्ने गरेको बताए । होटलका ७१ वटा कोठा ३ दिनका लागि पूर्ण रुपमा बुक भएको उनको जानकारी दिए । सुन्दर दृश्यावलोकनका लागि सिराईचुली आउने गरेको कुँवरले बताए ।
भरतपुर ४ मा रहेको ग्यालेक्सी गार्डेन रिर्सोटका प्रवन्ध निर्देशक नविन कँण्डेलले होटलका सबै कोठाहरु बुकिङ भैसकेको जानकारी दिए । २३ वटा कोठा सबै बुकिङ भैसकेको र कतिपय नेता कार्यकर्ता आउन थालिसकेको उनले बताए ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले रास्वपाको चितवन महाधिवेशनका कारणले अफ सिजनमा पनि यहाँका होटलहरु शतप्रतिशत बुकिङ भएको जानकारी दिए ।
उनका अनुसार भरतपुरमा मात्रै संघमा आवद्ध ६ सयभन्दा बढी साना ठूला होटल छन् । चितवन जिल्लाभरीका होटल मात्रै होइन गैँडाकोटका होटलमा समेत रास्वपाका प्रतिनिधी तथा अन्य कार्यकर्ताहरुले कोठाहरु बुकिङ गरेको उनले जानकारी दिए । भरतपुरमा एसी र ननएसीसहितका कोठाहरु होटलको स्तरअनुसार मूल्य तोकिएको बताए ।
होटल संघका अध्यक्ष अर्यालका अनुसार भरतपुर तथा नारायणगढ क्षेत्रमा ननएसी कोठा ६ सयदेखि र एसी भएका कोठा १२ सय न्यूनत्तम दर राखिएको छ । उनले रास्वपाको महाविधेशनलाई एक अवसरका रुपमा लिँदै २५ प्रतिशत कोठामा र खानामा १० प्रतिशत छुट दिइएको बताए ।





























प्रतिक्रिया