पश्चिम सर्दै मनसुनी वायु, केही ठाउँमा पानी पर्ने पश्चिम तराई तातो हावाको लहर चल्ने

पश्चिम सर्दै मनसुनी वायु, केही ठाउँमा पानी पर्ने पश्चिम तराई तातो हावाको लहर चल्ने

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । कोशी प्रदेशमा सक्रिय रहेको मनसुनी वायू मधेश, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा सक्रिय भएको छ । अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग साथै तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेश का थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति लुम्बिनी,र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Logo