कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु, आठजना घाईते

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु, आठजना घाईते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ ।

भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले राससलाई जानकारी दिए ।

शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा आज बिहान मृत्यु भएको हो ।

त्यस्तै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘फोर्स जीप’ दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् । शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलङ्गातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको सो सवारी साधन अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको र दुर्घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए ।

Logo