देशभर फैलियो मनसुन, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर फैलियो मनसुन, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । आज गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा मनसुन बिस्तार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर पूर्णतया बादल लाग्नेछ। देशको हिमाली भू-भागको केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित वर्षा र हिमपातको तथा तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर पूर्णतया बादल लाग्नेछ । देशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागको केही स्थानमा र देशको तराई भू-भागको थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Logo