बुटवल–३ का वडाध्यक्षलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

बुटवल–३ का वडाध्यक्षलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

केन्द्रबिन्दु
6
Shares

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मंगलबार निर्वाचन आयोग, नेपाली कांग्रेससँग लिखित जवाफ माग गर्दै आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । के कारणले वडाध्यक्ष हटाएको हो भन्नेबारे आयोगले महान्यायधिवक्ता र अन्य विपक्षीको हकमा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनेको छ ।

अदालतले अन्तरिम आदेश दिएसँगै ढकालले आफ्नो जिम्मेवारीमा रहिरहने जनाए । कांग्रेसले जनप्रतिनिधिले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएपछि पद रिक्त भएको जनाएको थियो । ढकाल तत्कालीन माओवादी भएता पनि कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित भएका थिए ।

Logo