काठमाडौ । बाढी-पहिरोसँगै कतिपय ठाउँमा सडक मर्मतको काम चलिरहेकाले आज पनि देशका विभिन्न सडक अवरुद्ध भएका छन्।
त्यसैगरी चारवटा सडकमा एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ। सम्भावित पहिरोको कारण बीपी राजमार्ग पनि अहिले अवरुद्ध छ।
त्यसैगरी फाखेल-हुमाने-काठमाडौँ सडक, अरनिको राजमार्ग, बेनी जोमसोम सडक, जाजरकोट डोल्पा सडक, जयपृथ्वी राजमार्ग अवरुद्ध छन्।
त्यसैगरी घोराही रुकुम सहिद मार्ग, मालमु पाल्पा सडक, सिद्धार्थ राजमार्ग र मध्यपहाडी राजमार्गमा अहिले एकतर्फी गाडी चलेका छन्।































