काठमाडौं उपत्यकासहित आज यी ३५ जिल्लामा बाढीको उच्च जोखिम

काठमाडौं उपत्यकासहित आज यी ३५ जिल्लामा बाढीको उच्च जोखिम

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आज राजधानी काठमाडौंसहित ३५ जिल्ला र यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना देखिएकाले जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज सबैभन्दा बढी बाढीको जोखिम काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्लामा देखिएको छ।

साथै आज पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ।

काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा भने आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको छ ।

Logo