कर्णाली नदीमा तेस्रो ठूलो पुल सञ्चालनमा

कर्णाली नदीमा तेस्रो ठूलो पुल सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कर्णाली नदीमा गेरुवा गाउपालिका र कैलालीको टिकापुर जोड्ने तेस्रो ठूलो पक्की पुल सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएपछि बर्दिया र कैलालीबीचको यातायात सेवा सहज भएको छ र करिब २ लाख बासिन्दा लाभान्वित भएका छन्।

पुलको लम्बाइ ७५२.६२ मिटर र चौडाइ ७.५ मिटर रहेको छ, जसमा दुबैतर्फ पैदल यात्रुका लागि फुटपाथ समेत बनाइएको छ। बर्दिया — गेरुवा गाउॅपालिका–२ को सनकट्टी घाट र कैलालीको टिकापुर नगरपालिका–५ र ७ जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएको निर्माण कम्पनी रसुवा कन्सट्रशन प्रालि काठमाडौंले जनाएको छ ।

पुल सञ्चालनमा आएपछि बर्दिया र कैलालीसँग यातायात सेवा सुचारु भएको छ । पुल योजना शाखा, पुल सेक्टर नेपालगन्जबाट ०७९ साल पुस १७ बाट सुरु भएको पुल १ अर्ब १८ करोडको लागतमा निर्माण भएको हो ।

०८३ साल असोज १७ गते सम्पन्न हुने उक्त पुल करिब तीन महिनाअघि सम्पन्न भएको हो । पुलको मर्मत संभार अवधि ५ वर्ष सम्म निर्माण कम्पनीले गर्ने सम्झौतामा उल्लेख छ ।

पुलको लम्बाई ७ सय ५२ दशमलव ६२ मिटर रहेको रसुवा कन्सट्रशन प्रालि बर्दियाका लेखा प्रमुख प्रभाकर प्याकुरेलले बताए । १३ वटा स्पानसहित १४ वटा फाउण्डेशन रहेको उक्त पुल ७ दशमल ५ मिटर चौडा र दुबैतर्फ पैदल यात्रुका लागि डेढ/डेड मिटरको फुटपाथ रहेको उनले जनाए ।

पुल निर्माण भएपछि बर्दियाबाट कैलालीको टिकापुर निकै छोटो बाटो भएको छ । सनकटीघाट बाट टिकापुरको दूरी करिब ७ किमी रहेको छ । टिकापुर र सनकटटीघाटमा पक्की सडक निर्माण हुन बाँकी छ । बर्दियातर्फ सडक पूर्वाधार विकास कार्यालय, बर्दियाले पक्की सडक निर्माण गरेको छ ।

यसअघि ०५० सालमा कर्णालीको चिसापानी र राजापुर कैलाली जोड्ने सत्तीघाटमा पुल ०७३ सालमा निर्माण सम्पन्न भएको थियो । पुल निर्माणले बर्दियाको राजापुर र गेरुवा पालिका कैलालीको टिकापुर क्षेत्रका करिब २ लाख बासिन्दा लाभान्वित भएको गेरुवा गापाका अध्यक्ष जमान सिंह केसीले बताए ।

बर्दियाबाट बग्ने कर्णाली नदी भारतीय सीमासम्म करिब ५० किमी दूरीमा सनकटटीघाट, सत्तीघाट र चिसापानीसहित तीनवटा पुल निर्माण भएको छ ।

Logo