आज कहाँ कस्तो छ बाढीको जोखिम

आज कहाँ कस्तो छ बाढीको जोखिम

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूमा ठुलो बाढी आउने सम्भावना नदेखिए पनि वर्षा जारी रहने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाइराख्न सुझाव दिएको छ।

बाढी महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आगामी २४ घण्टा बाढीको जोखिम कम देखिए पनि खोला-नदी आसपास सामान्य सतर्कता भने आवश्यक छ।

बाढी महाशाखाले भनेको छ, ‘आगामी तीन दिन देशका प्रमुख नदीहरूमा ठुलो बाढी जोखिमको सम्भावना देखिँदैन। तर वर्षाको पुर्वानुमान विश्लेषण गर्दा कोसी, बागमती र नारायणी नदी जलाधारको औसत वर्षा हल्कादेखि मध्यमसम्म रहने देखिएकाले ती नदीहरू र तिनका शाखा नदीहरूमा बहाब बढने देखिन्छ। आगामी २४ घण्टा कोसी प्रदेशका सम्पूर्ण पहाडी तथा हिमाली जिल्लाहरू, बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा जिल्लाहरू र गण्डकी प्रदेशका गोरखा, लमजुङ, तनहुँ र आसपासका जिल्लाहरूमा आकस्मिक बाढीको न्यून जोखिमको सम्भावना रहेकाले सामान्य सतर्कता अपनाइराखौँ।’

Logo