दैलेखमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

दैलेखमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दैलेखको दुल्लु नगरपालिका-३ स्थित स्याँलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

आज बिहान करिब साढे ६ बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बर जिपको ब्रेक फेल दुर्घटना जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी जुम्लाको गुठीचौर गाउँपालिका ४ का ३८ वर्षिय जिप चालक रामहरी न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको छ ।

Logo