फेसबुकबाट ४० लाख ठगी गर्ने एक पुरुषसहित ४ जना पक्राउ

फेसबुकबाट ४० लाख ठगी गर्ने एक पुरुषसहित ४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

जापान पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

नक्कली फेसबुक आइडि बनाएर फ्रेण्ड रिक्वेस्ट पठाई आफू जापानको ईमिगेरेसनमा काम गर्ने जापानको नागरिक हो भनी पिडितहरुसँग चिनजान गरी जापान जान वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ भन्दै लाखौं ठगी गरेका हुन् । उनीहरूले विभिन्न बैंक खातामा ३९ लाख ६८ हजार ९९६ रुपैया डिपोजिट गर्न लगाई पैसा जम्मा गरिसकेपछि उनीहरू फरार भएका थिए ।

पीडितहरूकाे उजुरीकाे आधारमा हेटौडा-३२ की ३७ वर्षीया शुभद्रा परियार,  सुर्योदय नगरपालिका-४ इलामी पूजा राई, चाँगुनारायण नगरपालिका-७ कि दीपिका केसी र बाह्रविसे-९ सिन्धुपाल्चोकका राजेन्द्र ढकाल गरी ४ जनालाई आज पक्राउ गरिएकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ । 

Skip This
Skip This
Logo