सन्दीप र पीडित किशोरी सिनामंगलको होटलमा ७ घन्टा बसेका थिए

सन्दीप र पीडित किशोरी सिनामंगलको होटलमा ७ घन्टा बसेका थिए

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बालिका बलात्कारको आरोपमा उजुरी परेपछि प्रहरीले घटनाबारे अनुसन्धान र प्रमाण संकलनमा जुटेको छ । 

आरोपितले होटलमा लगेल बलात्कार गरेको आरोपमा उजुरी परेपछि प्रहरीले होटलको सीसीटीभी फुटेजको अनुसन्धान थालेको हो । किशोरीको उजुरी अनुसार अनुसन्धानको क्रममा सन्दीप र पीडित किशोरी सिनामंगलको एक होटलमा ७ घन्टा बसेको खुलेको छ । भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११स्५५ मा होटल पसेको देखिएको छ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको हो । प्रमाणस्वरूप प्रहरीले काठमाडौं -९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ। प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ। सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।

त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते फर्किएको देखिएको छ । बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ । सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक(पटक बलात्कार गरेको प्रहरीसँग भनेकी छन् । जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ।

प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ । घटना हुनुअघि सन्दीप र किशोरी भक्तपुरको नगरकोट पनि गएको जाहेरीमा उल्लेख गरेकी छन् । त्यहाँको पनि सिसिटिभी फुटेज संकलन गर्न प्रहरी खटिएको छ । घटनाको अनुसन्धान प्रहरी वृत्त गौशाला र परिसरले गरिरहेको छ ।

लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन् । क्यारेबियान प्रिमियर लिग ९सिपिएल० खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन । उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि ९बिहीबार० बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ ।
 

Logo