अवैध लागूऔषधसहित सात जना पक्राउ

अवैध लागूऔषधसहित सात जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

देशको विभिन्न जिल्ला मकवानपुर, बाँके र कपिलवस्तुबाट प्रहरीले अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । 

मकवानपुरको मनहरी गाउँपालिका–९ भलाद्मी चोकबाट करिब १५ किलो गाँजासहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी एकटाँगा गाउँपालिका–४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय कमल साह रहेका छन् । 

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

बाँकेमा २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने ३८ वर्षीया यसोदा कार्की, उनकै श्रीमान ४१ वर्षीय रुद्ध बहादुर कार्की र सोही नगरपालिका–१२ बस्ने २० वर्षीय मनोज गिरी छन् । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगर बस्ने ३१ वर्षीय जमालदिन मियाँ र दाङ घोराही उपमहानगरपालिका–९ पर्सेनी घर भएकी १८ वर्षीया किशोरीलाई २ किलो ७ सय ग्राम चरेससहित शनिबार प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जमालदिनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

Logo