धनुषामा हिरासतबाट फरार भएका ६ अभियुक्तमध्ये थप दुई जना पक्राउ

धनुषामा हिरासतबाट फरार भएका ६ अभियुक्तमध्ये थप दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना अभियुक्तमध्ये थप दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले थप दुई जनालाई पक्राउ गरेको हो। कुटपिट मुद्दाका फरार थुनुवा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरदीप सिंहलाई आज बिहान पक्राउ गरिएको हो।

यस्तै, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डललाई भने मंगलबार नै पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ। उनलाई शान्तिविरुको अपराध मुद्दा चलिरहेको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आइतबार राति हिरासतको पर्खाल प्वाल पारेर फरार भएकामध्ये एक जनालाई सोमबार नै प्रहरीले पक्राउ गरेको थियो। अझै तीन जना फरार रहेका छन्। उनीहरुको खोजतलासको कार्य तीव्र चलिरहेको प्रहरीले जनाएको छ। 

Logo