साढे ७८ लाख रुपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ

साढे ७८ लाख रुपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले काठमाडौँबाट हुण्डी गर्न सङ्कलित ७८ लाख ५० हजार र चार लाखको चेकसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

काठमाडौँमा विभिन्न व्यक्तिहरूले नेपाल राष्ट्र बैँकले जारी गरेको आदेश र निर्देशन विपरीत इजाजतपत्र नलिई वित्तीय कारोबार (हुण्डी) गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

कार्यालयको विशेष टोलीले निगरानी गर्ने क्रममा उनीहरूबाट हुण्डी गर्न सङ्कलित उक्त रकमसँगै चार लाखको चेकसमेत बरामद गरेको छ । यसरी पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँको बिजुलीबजार बस्ने किशोर चौधरी र सोही ठाउँका दीपेन्द्रबहादुर मल्ल रहेका छन्  ।

मल्लले पाँच वर्षदेखि र चौधरीले चार महिनादेखि उक्त कारोबार गर्दै आएको पाइएको कोइरालाले जानकारी दिए  । उनीहरूलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ । 

Skip This
Skip This
Logo