श्रीमती र छोराछोरीको हत्या प्रयास आरोपमा एक जना पक्राउ

श्रीमती र छोराछोरीको हत्या प्रयास आरोपमा एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको देवदहमा श्रीमती र छोराछोरीको हत्या प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

देवदह ९ कालिका टोलस्थित ३९ वर्षका रामबहादुर बिकलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । विकले सोमबार साँझ आफ्नै घरमा श्रीमती र छोराछोरीलाई भित्र थुनेर बाहिरबाट चुक्कल लगाई घरमा आगो लगाएका थिए । घरको छानोमा आगो सल्किएर दन्किन थालेपछि घर भित्रबाट उनीहरुले हारगुहार गरेपछि गाउँलेहरु जुटेर उद्दार गरेका थिए । आरोपित विकलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ । 

Logo