बालाजु बसपार्कको मोबाइल पसल लुट्ने थप ७ जना पक्राउ

बालाजु बसपार्कको मोबाइल पसल लुट्ने थप ७ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नयाँ बसपार्कस्थित ल्त्सोको मोबाइल पसलमा  तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २३ वर्षका रोजन डंगोल, ३० वर्षका रितेश बस्नेत, ३० वर्षका एमन राई ३० वर्षका सुजन तामाङ, २३ वर्षका सुवास अधिकारी र १९ वर्षकी जोना चौधरी  छन् ।

जिल्ला प्रहरी परिसर, टेकुका अनुसार पक्राउ परेकाहरुवाट मोबाइल, एयरफोन, यूएसबी केबललगायतका सामाग्री बरामद गरिएको छ । सिसिटिभीको बिश्लेषण गरेर उनीहरुलाई पक्राउ गरिएको हो  । चोरी तथा डाँका कसुरमा मुद्धा चलाइएको उनीहरुलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतबाट अनुमति लिइ सकिएको छ ।

Skip This
Skip This
Logo