काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिगटु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल र स्कटल्याण्डबीच भइरहेको खेलमा सट्टेबाजी गरेको आरोपमा एक जना नेपाली पक्राउ परेको जनाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का एसपी सन्जय सिंह थापाले सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।





























प्रतिक्रिया