दाङमा चार वर्षीया बालिकामाथि बलात्कार, एक जना पक्राउ

दाङमा चार वर्षीया बालिकामाथि बलात्कार, एक जना पक्राउ


दाङमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । 

बलात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याई बलात्कार गरेको उनीमाथि आरोप छ। लम्साललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । 

जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । 

Logo