न्युजिल्याण्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौं नागर्जुन नगरपालिका ९ स्युचाटारबाट स्थानीय ४५ वर्षीय विकास भट्टराई खत्रीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ पक्राउ गरेको हो । उनले न्युजिल्याण्डमा ुवर्किङ भिजामा प्रतिव्यक्ति १५ लाख लाग्ने र पुगेपछि कृषि फर्ममा लगाइदिने भनी दुई युवकलाई ठगी गरेको प्रहरीले जनाएको छ ।
मासिक तलब दुई लाख ५० हजार हुने प्रलोभन देखाई नवलपुर कावासोती नगरपालिका ८ का विकास जोशी र तनहुँ रिसिङ गाउँपालिका ५ का अमृत चन्दसँग जनही १५ लाख रुपैयाँ लिएका हुन् । रकम लिएर सम्पर्क विहिन भएपछि पीडितरले वैदेशिक रोजगार विभागमा सम्पर्क गरेका थिए ।
विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरी नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित गराउन भनेको थियो। यसै क्रममा प्रहरीले खत्रीलाई सोमबार स्युचाटारबाट समातेर वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाएको छ।





























प्रतिक्रिया