हराएकी बालिकाको शव फेला

हराएकी बालिकाको शव फेला

केन्द्रबिन्दु
0
Shares

सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ ।

गुर्भाकोट नगरपालिका-५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् । नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका- ५ ले आयोजना गरेको कार्यक्रममा शनिबार हजुरआमासँगै सहभागी विक सोही दिन हराएकी थिइन् ।  

चार दिनदेखि हराएकी बालिकाको शव मंगलबार बिहान घरदेखि एक सय मिटरको दूरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले बताए । 

बालिकाको मृत्युको कारण नखुले पनि घटनामा संलग्न भएको आशंका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

Skip This
Skip This
Logo