कटुवा पेस्तोल र गोलीसहित एक भारतीय पक्राउ

कटुवा पेस्तोल र गोलीसहित एक भारतीय पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले एक थान कटुवा पेस्तोल र सोही पेस्तोलको तीन राउन्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा २७ वर्षीय ओम प्रकाश पाल रहेका छन्। उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनी हरिनगरा गाउँपालिका ४ स्थित सोनु मेहताको घरमा बस्दै आएका थिए। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Logo