तीन जना मृत अवस्थामा फेला

तीन जना मृत अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ललितपुर र डोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका–४ सुकेधारा धोबीखोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी ललितपुरको ललितपुर महानगरपालिका–२२ फर्सिडोलस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

यस्तै डोल्पाको जगदुल्ला गाउँपालिका–२ स्थित नेपाल खाद्य संस्थानको भवनको खुल्ला ग्यालरीमा बिपिन भन्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

Skip This
Skip This
Logo