ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

केन्द्रबिन्दु
0
Shares

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

उनलाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिसङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले बलात्कार गरेको प्रहरीले जनाएको छ। 

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Logo