कतारबाट आएको अवैध सुनसहित एक युवा पक्राउ परेका छन्।
बिहीबार बिहान करिब पौने दश बजे कतार एयरवेजको क्युआर ६५२ हुँदै नेपालका आएका धनुषाका एक युवालाई एयरपोर्ट भन्सार कार्यालयले पक्राउ गरेको हो।
पक्राउ परेका ति युवाको साथबाट थान-४ जम्मा तौल ४६६.५ ग्राम र सिक्री आकारको सुन थान-१ तौल ५० ग्राम गरी कुल तौल जम्मा ५१६.५ ग्राम सुन बरामद गरेको त्रिभुवन विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए। उनले सो सुन लगाइराखेको भित्री वस्त्र (कटटु)मा फल्स पकेट बनाई बिस्कुट आकार बनाई राखेका थिए।
उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरेको छ।





























प्रतिक्रिया