बर्दियामा ६ वर्षीया बालिका बलात्कृत

बर्दियामा ६ वर्षीया बालिका बलात्कृत

केन्द्रबिन्दु
0
Shares

बर्दियामा एक जना ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

ती बालिकालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका-६ बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । रजालीले ती बालिकालाई सोही ठाउँस्थित गोठको पछाडी लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo