लमजुङमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

लमजुङमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बेँसीसहर नगरपालिका-१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । शंकास्पद गतिविधिका आधारमा बुधबार प्रहरीले पक्राउ गरे पनि बिहिवार  साँझ ती युवालाई सार्वजनिक गरिएको हो ।

उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ । बिहिवार  जिल्ला अदालत लमजुङबाट  म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo