४८ दिनपछि गाडेको अवस्थामा भेटियो महिलाको शव, श्रीमानसहित ३ जना पक्राउ

४८ दिनपछि गाडेको अवस्थामा भेटियो महिलाको शव, श्रीमानसहित ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ ।

शीतलपुर निवासी बालदत्त भनिने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो ।
महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । 

निशाको गएको जेठ २२ गतेका दिन नै हत्या भएको प्रहरी को भनाइ छ । महोत्तरी सोनमा गाउँपालिका–१ मगरथाना निवासी निशा यादवको गत वर्ष फागुनमा रमजेशकुमार रायसँग बिहे भएको थियो ।

 

Logo