वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिककाको शव फेला परेको छ ।
वीरगञ्ज-२ छपकैया घुसुकपुरका सिकन्दर अलीकी छोरी सुहाना खातुनको शव फेला शनिबार परेको हो । बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । तर, अभिभावकले छोरी हराएको निवेदन साउन ६ गते शुक्रबार मात्रै प्रहरीकोमा दिएका थिए ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगी मुचुल्का तयार गरी शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाएको छ । बालिकाको हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरेको प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । १४ वर्षीय बालक र अर्का एक जनालाई पक्राउ गरेको हो ।





























प्रतिक्रिया