मोटरसाईकल चोरी गर्ने ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाईकल चोरी गर्ने ट्राफिक प्रहरीको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निगरानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिलाइृ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ घर भई हाल काठमाडौँ हात्तिगौडा वर्ष २६ वर्षिय सन्तोष बन्जारा छन् ।

उनलाई काठमाडौँ महानगरपालिका वडा नं ४ महाराजगंज चक्रपथ सडक खण्डबाट वास्तबिक नम्बर परिवर्तन गरी बा ८४ प ६९०७ नम्बरको कालो रातो २२० पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा पक्राउ गरिएको कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले जानकारी दिए ।

सो मोटरसाईलको वास्तविक नम्बर बा ८३ प ९२८१ रहेको खुल्न आएको छ । उक्त पक्राउ भएको मोटरसाईकल काठमाडौँ रामहिटी स्थित घरमा
पार्कीङ्ग गरी राखेको ठाउँ बाट हराएको भनी धिरोज रसाईलीले निवेदन दिएका थिए । पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकल लाई चोरी मुद्दा
अनुसन्धान कारबाहीका लागी प्रहरी बृत्त बौद्द पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं
निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाईरहेको छ ।
 

Skip This
Skip This
Logo