कृष्णपुर नगरपालिका-३ देखतभुलीबाट दुई थान चितुवाको छालासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका-३ काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र सोही नगरपालिका-२ जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
कृष्णपुर नगरपालिका-३ देखतभुलीस्थित धानबारीमा उनीहरूले उक्त छाला लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





























प्रतिक्रिया