आज गिरिजाप्रसाद कोईरालाको नवौं स्मृति दिवस

आज गिरिजाप्रसाद कोईरालाको नवौं स्मृति दिवस


काठमाडौं

नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पुर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको आज नवौं स्मृती दिवस हो । कोईरालाको आज भन्दा ९ वर्ष अघि ०६६ साल चैत्र ७ गते निधन भएको थियो । मुलुकको चार पटक प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री समेत थिए ।

कोईरालाको नेतृत्वमा तत्कालीन विद्रोही समुह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौता भएको थियो ।

कोइरालाकै अगुवाइमा ०६२/६३ मा दोस्रो जनआन्दोलन सफल भएको थियो । गिरीजाप्रसादको स्मृति दिवसमा कांग्रेसले औपचारिक रुपमा कुनै कार्यक्रम आयोजना गरेको छैन ।

सशस्त्र युद्धमा रहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरीजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । राजनितिक जीवनमा कोईरालाले पार्टी भित्र र राष्ट्रिय राजनीतिका बिषयमा लिने अडान र निर्णयबारे बिरोध समेत हुने गरेको थियो ।

उनको जन्म १९८१ साल असार १८ गते भारत विहारमा भएको थियो । नेपाली राजनितीमा कोइरालाको योगदान अतुलनिय रहेको छ ।

Logo