काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको २३ औं सम्मेलन पश्चात माओवादीमा नयाँ गुटको उदय भएको छ । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नजिक मानिने उपमहासचिव शक्ति बहादुर बस्नेतले माओवादी राजनीतिमा नयाँ गुटको विजारोपण गर्दै समकक्षी नेताहरुमा आफू शक्तिशाली बन्दै गएको आभाष दिलाएका छन् ।
बस्नेतको नयाँ गुटको उदयसँगै नेतृत्वलाई नै चुनौती दिदै आएका प्रभावशाली नेता एवं उपमहासचिव जनार्दन शर्मा भने कम्जोर बनेको परिस्थिति छ । शर्माको गुटको राजनीतिमा कुनै बेला आफ्नै समूहमा थिए बस्नेत ।
पछिल्लो समयमा माओवादीमा नेतृत्व हेरफेरको चर्चा चलिरहेको र आफ्नै नजिक मानिएका नेताहरुबाट आलोचना खेपिरहेका अध्यक्ष प्रचण्डले नै नयाँ गुटको अभ्यासमा बस्नेतलाई प्रयोग गरेको वाम बुद्धिजिवीहरुको तर्क छ । विद्यार्थी राजनीतिमा उमेरहदको मुद्धा उठाएर विवाद भए पछि नेतृत्व चयनमा ढिलाई हुँदा निर्वाचन प्रणालीमा पुग्नु परेको थियो । जसको कारण गुटगत राजनीतिले प्रसय पायो । फलस्वरुप शर्माको गुट कम्जोर हुन पुग्यो ।
अनेरास्ववियु क्रान्तिकारीको निर्वाचनमा बाग्लुङका विजय प्रकाश सापकोटालाई आफ्नो गुटको उम्मेदवारको रुपमा प्रचार गर्दै विजयी गराएपछि उपमहासचिव बस्नेतले पार्टीमा फरक गुटकोे उदय भएको पुष्टि गरिदिए । उक्त निर्वाचनमा लविङ गर्दैगर्दा वस्नेतले आफूलाई पार्टी अध्यक्ष प्रचण्डको साथ रहको भन्दै प्रचार गरेका थिए । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्माका नजिक मानिएका उम्मेदवारलाई पराजित गरी वस्नेतले अनेरास्ववियू क्रान्तिकारीमा आफ्नो पकडको अध्यक्ष बनाउन सफल भए पछि माओवादी राजनीतिमा नयाँ तरङ्ग उत्पन्न गराइदिएको छ ।
बस्नेत भित्रभित्रै गुटगत राजनीतिमा सक्रिय हुन खोजे पनि उनको आफ्नै छुट्टै गुट भने अहिले सम्म थिएन । माओवादी शान्ति प्रक्रियामा आउँदा कृष्ण बहादुर महरा नजिक मानिने बस्नेतले २०६४ को संविधान सभाको पहिलो निर्वाचनमा नेत्रविक्रम चन्दलाई साथ दिएका थिए । २०६४ को निर्वाचनमा माओवादी ठूलो पार्टी बनेपछि बस्नेत एकाएक तत्कालिन प्रधानमन्त्रि प्रचण्डको राजनीतिक सल्लाहकार बन्न पुगे । २०७० को दोस्रो संविधान सभाको चुनावमा गृह जिल्ला जाजरकोटबाट विजयी भएर तत्कालिन के.पी.ओली सरकारको शक्तिशाली मन्त्रालय संहाल्दै गृहमन्त्रि भए । त्यस यात्रासम्म आइपुग्दा बस्नेतको पृष्ठभूमि महरा नै थिए ।
राजनीतिक यात्रामा फड्को मार्न सिपालु बस्नेत त्यसपछि सहकर्मी कमरेडहरुसँगको सम्बन्ध चिस्याउँदै वन तथा वातावण मन्त्री बने । त्यतिबेला सम्म बस्नेत र शर्माको राजनीतिक दुरी नदीको दुइ किनार जस्तै भइसकेको थियो ।
यसपटक भने आफ्नै नेतृत्वमा गुट खडा गर्न सफल बस्नेलाई कान्तिकारीका पूर्वअध्यक्षहरु हिमाल शर्मा, पञ्चा सिंह, पूर्व महासचिव विन्दमान विष्ट र कर्णालाी प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायतले खुलेरै सहयोग गरिरहे । शर्मा यस अघि उपाध्यक्ष महरा, सिंह जनार्दन शर्मानिकट मानिन्थे । महरा अर्थमन्त्रि हुँदा शर्मा उनका स्वकीय सचिव थिए भने बस्नेत गृहमन्त्रि हुँदा स्वकीय रहेका विष्ट हाल कर्णालीका प्रदेशसभा सदस्य छन् ।
बस्नेतले आफ्नो राजनीतिक यात्रा पनि विद्यार्थी राजनीतिक जीवनबाटै शुरु गरेका हुन भन्दा फरक पर्दैन । ग्रामणि वर्ग संघर्षलाई उठान गरेर सशस्त्र वर्ग संघर्षको माध्यमवाट नयाँ जनवादी राज्य सत्ता स्थापना प्राप्त गर्ने मार्ग दर्शनवाट अभिप्रेरति वस्नेत २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालनि नेकपा एकताकेन्द्र (मशाल)मा आवद्ध भएका थएि । २०४७ सालमा भेरी ज्ञानुदय क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भए पछि उनको जीवनमा राजनीतिक रंग लेपनमात्र गराएनन् बरु सक्रिय राजनीतिमा आफूलाई समर्पित गर्दै आइरहेका छन् ।
बस्नेत २०४८ सालमा तत्कालनि एकताकेन्द्र (मशाल) राप्ती क्षेत्रयि समन्वय समिति सदस्य हुँदै २०४९ साल देखि पार्टी जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहेर काम गरेका थिए । मन्त्री बस्नेतले २०५१ साल देखि नेपाल कम्युनष्टि पार्टी (माओवादी) को पश्चिम क्षेत्रयि व्युरो सदस्यको जिम्मेवारीमा रहेर ग्रामणि वर्ग संघर्षको नेतृत्व गरेका थिए । बस्नेत २०५५ सालमा माओवादीको बैकल्पकि केन्द्रयि सदस्यको जिम्मेवारीमा रहेका थिए ।
पार्टी केन्द्रयि सदस्यको जम्मिेवारीमा रहेका बस्नेतले २०५७ साल देखि भेरीकर्णाली क्षेत्रीय व्यूरो ईन्चार्जको भूमकिा निर्वाह गरे । २०५९ सालमा पार्टी पोलिट व्यूरो सदस्य भएका बस्नेतले भेरीकर्णाली, थारुवान जस्ता क्षेत्रीय व्यूरो ईन्चार्जको भुमकिा निर्वाह गर्दै, ६१/६२ मा ढाडमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ती सेना नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी भएका थिए । २०७१ मा उनी पार्टीको केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् । उनी २०५६ र २०७० सालमा तत्कालिन गुल्मी क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रि भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रिका रुपमा आफूलाई उभ्याएका थिए । २०७१ सालमा पार्टी स्थायी कमिटी सदस्यमा निर्वाचित बस्नेत पार्टी भित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहदै आएका छन् ।
२०७२ मा भारतले गरेको अघोषति नाकाबन्दीमा उनले गृहमन्त्रीको रुपमा सफल काम गरेका थिए । नाकाबन्दी जस्तो समयमा बस्नेतले आफुलाई अडिग राखेर देशमा शान्ती र सुरक्षाका सवालमा कुनै सम्झौता हुन दिएनन् । एमालेसंगको सहकार्यमा बनेको सरकारमा गृह मन्त्रालय सम्हालेको अबस्थामा उनको कार्यकालको चारैतरिबाट प्रशंसा भएको थियो । देशको समग्र सुरक्षा प्रशासनलाई नीतिगत सुधार गर्न, नाकाबन्दी र मधेश आन्दोलनको सहज व्यवस्थापन गर्न सफल पुर्व गृहमन्त्री बस्नेतको बातावरण मन्त्रालयको पनि अनुभव छ ।
प्रधानमन्त्रिको राजनीतिक सल्लाहकार हुँदै तीन पटक मन्त्रिको र प्रभावशाली पदमा रहेका नेता बस्नेतले शुरु गरेको नयाँ गुटले अबका दिनमा कुन राजनीतिक गुटसँग अगाडि बढ्छ त्यो भने हेर्न बाँकी छ । सस्थापन पक्षको अलवा पार्टीमा रहेका प्रभावशाली नेताहरु नारायणकाजी श्रेष्ठ, बर्षमान पुन, जनार्दन शर्मा लगायतको विद्यमान गुटको अगाडि आफ्नो वर्चश्व बचाएर गुटलाई शक्तिशाली र बृहत्तर बनाउन पक्कै पनि चूनौतीपूर्ण छ । हुन त बस्नेतको गुटलाई अहिले संस्पथापन अर्थात अध्यक्ष प्रचण्डको साथ रहेको देखिन्छ । तर पनि पार्टी नेतृत्वमा आफू बलियो भएको भन्दै उच्च पदमा पुग्न प्रयोग गरिने गुटले सवैलाई सफल बनाउँछ भन्ने छैन । आफ्नो स्वार्थमात्र पुरा गर्ने लक्ष्य लिएर बनाइएको गुटले पार्टीमा हित र दुरगामी प्रभाव पार्न सक्दैन । यसको हेक्का बस्नेतले लिएका होलान् कि नहोलान् त्यो आगामी दिनले बताउने छ । पार्टीको हित र संगठन विस्तारको खातिर गुटको शुरुवात गरिएको हो भने त्यसले पक्कै बस्नेतलाई मात्र हैन पार्टी र समग्र कार्यकर्तालाई हित गर्ने छ । नत्र विद्यमान गुटलाई कम्जोर बनाउन मात्र नयाँ गुटको निर्माण गर्ने अभ्यास गरिएको र अध्यक्ष प्रचण्डको राजनीतिक रणनीतिक गोटीको रुपमा मात्र प्रयोग भएको हो भने बस्नेतको गुटको भविष्य पनि अन्य नेताहरु पुन, शर्मा र श्रेष्ठको जस्तो नहोला भन्न सकिन्न ।





























प्रतिक्रिया