अहिले राजधानीको भृकुटीमण्डपमा १२ औं इक्यान शैक्षिक मेला चलिरहेको छ । उच्च शिक्षाका लागि बिदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै संचालन भईरहेको मेलामा २ सय २६ वटा स्टलहरु रहेका छन् । आगामी ६ गतेसम्म चल्ने मेलामा विभिन्न मुलुकका बिश्वबिद्यालय, परामर्शदातृहरु, राजदुतावासहरुको उल्लेख्य सहभागिता छ । बैदेशिक अध्ययनमा जाने सोच बनाउदै हुनुहुन्छ भने मेला अवलोकन लाभदायक हुन सक्छ । यसै सन्दर्भमा हामीले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष बिष्णुहरि पाण्डेसँग मेलाको आवश्यकता र महत्वका बारेमा कुराकानी गरेका छौ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।
इक्यान मेलाको आवश्यकता किन ?
– सबै अभिभावक र विद्यार्थीहरुलाई एकै ठाउँबाट जानकारी दिने उद्देश्यसहित मेला आयोजना गरिएको हो । विभिन्न ठाउँमा रहेको प्रत्येक कन्सल्टेन्सीका घुम्दा समय खेर जान सक्छ त्यसैले मेलामा सबै कन्सल्टेन्सीमा एकै समयमा आफूले चाहे अनुसारको जानकारीहरु लिन सक्नु हुन्छ । एकै बिषयमा धेरै वटा संस्थाले परामर्श दिने भएकाले मेलामा आएर बुझ्दा अझ गहिरो जानकारी प्राप्त गर्न सकिन्छ । मेलामा कन्सल्टेन्सीहरु र बिश्वबिद्यालयहरुको मात्रै होईन त्यहाँ जान लाग्ने खर्चहरु बीच पनि तुलना गर्न मेलाले सघाउ पु¥याउने छ ।
तपाईहरु शैक्षिक काउन्सिलिङ दिनुहुन्छ कि करियर काउन्सिलिङ ?
– हामी शैक्षिक काउन्सिलिङ होईन करियर काउन्सिलिङ दिन्छौ । बिदेश जाने विद्यार्थीहरुलाई मात्रै होईन स्वदेशमा रहेका विद्यार्थीहरुलाई पनि काउन्सिलिङ दिनुपर्छ । हरेक कन्सल्टेन्सीले बिद्यार्थीहरुलाई सही परामर्श दिनुपर्छ । विद्यार्थी र अभिभावकले त्यसको बिश्लेषण गर्नुपर्छ । आफन्त र साथीहरु कुन कलेज पढेका छन ? कहाँ गएका छन् ? भन्ने सोचले होईन आप्mनो शैक्षिक योग्यता, आर्थिक अवस्था, भविष्यका योजना, ईच्छा जस्ता कुराहरुलाई मनन गरेर गणतब्य पहिचान गर्नुपर्छ ।
यो मेला अभिभावकहरुका लागि चाँही कतिको महत्वपूर्ण हुन्छ ?
– यो मेला बिद्यार्थी र अभिभावक दुबैका लागि हो । बिद्यार्थीहरुलाई पठाउने भनेको अभिभावकहरुले नै हो । त्यसकारण आफ्नो विद्यार्थीलाई बिदेश पठाउनुअघि हरेक अभिभावकले राम्ररी बुझ्नु पर्छ । त्यसका लागि यो मेला एउटा अवसर पनि हो । आर्थिक जोहो देखि बिश्वबिद्यालयको अवस्थासम्ममा अभिभावकले ध्यान दिनुपर्ने हुन्छ । त्यसकारण अभिभावक र बिद्यार्थी सँगै आएर मेलाको अवलोकन गर्न म आग्रह गर्छु ।
मेलामा कुन कुन देशका बारेमा के कस्ता जानकारी लिन सकिन्छ ?
– मेलामा छिमेकी मुलुक भारत, चीन, बंगलादेशदेखि युरोपियन मुलुकहरुमा उपलब्ध बिश्वबिद्यालयहरुका बारेमा समेत जानकारी लिन सकिन्छ । समग्रमा भन्नुपर्दा जर्मनी, रसिया, अमेरिका, बेलायत, आयरल्याण्ड, क्यानडा, फिलिपिन्स, जापान, अष्टेलिया लगायतका देशहरुका बारेमा जानकारी लिन सकिन्छ । ति देशहरुमा उपलब्ध बिश्वबिद्यालयहरु, शैक्षिक अवस्था, त्यहाँ जान आवश्यक आर्थिक जोहो र प्रक्रियाका बारेमा जानकारी उपलब्ध हुन्छ ।
इक्यानमा कति संस्था आवद्ध छन् ?
– अहिलेसम्म हामीसँग ४०२ वटा संस्था आवद्ध छन् । हामी सबै एकजुट भएर सकेसम्म गुणस्तरीय परामर्श दिने कोसिसमा छौ । हामी सबैले टीआईटीआईबाट तालिम लिएका छौ । अधिकांश संस्थामा बिदेशबाट तालिम लिएर दक्ष परामर्शदातृहरु कार्यारत छन् । हामी आफै पनि हरेक हप्ता तालिम आयोजना गर्ने गर्छाै । त्यसकारण पनि हाम्रा सदस्यहरुले दिने परामर्श प्रभावकारी हुन्छन् भन्नेमा हामी बिश्वस्त छौ ।
परामर्शदातृ संस्थाहरुले के के कुरामा परामर्श दिन्छ ?
– हामीले बिद्यार्थी जान लागेको बिश्वबिद्यालयको बारेमा, त्यहाँ जान गर्नुपर्ने भिसा प्रक्रियाका बारेमा, काम गर्ने वातावरणको बारेमा, शैक्षिक वातावरणको बारेमा, यहाँबाट जाँदा ध्यान दिनुपर्ने कुराहरुका बारेमा लगायत अन्य आवश्यक विविध बिषयमा परामर्श दिन्छौ ।





























प्रतिक्रिया