काठमाडौं– पार्टीमा गुट त हामीले सुनेकै हो । गुटका नेताले आफ्ना नेता कार्यकर्तालाईमात्रै च्याप्छन् । तर, प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) छनोटमा समेत गुट हावी भएको छ । "/>

नयाँ आईजीपी – नेतैपिच्छेका उम्मेदवार (भिडियोमा)

नयाँ आईजीपी – नेतैपिच्छेका उम्मेदवार (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– पार्टीमा गुट त हामीले सुनेकै हो । गुटका नेताले आफ्ना नेता कार्यकर्तालाईमात्रै च्याप्छन् । तर, प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) छनोटमा समेत गुट हावी भएको छ ।

२९ चैतदेखि प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालसहित १५ जना एआईजीले ३० वर्षे सेवाअवधिका कारण अवकास पाउने भएपछि नयाँ आईजीपीका लागि चर्को प्रतिस्पर्धा सुरु भएको छ ।

२६ औं प्रहरी महानिरीक्षकका लागि तीन डीआईजी बढी चर्चामा छन् । सर्वेन्द्र खनाल, पुष्कर कार्की र रमेश खरेलले आईजीपीको दौडमा आफूलाई अब्बल सावित गर्ने कोसिस गरेका छन् । तीन जनासँगै उत्तम कार्की पनि मैदानमा छन् ।

डिआईजी रमेश खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किएका छन् । मासिक करिब १४ लाख कमाई हुने पी–४ तहको जागिरमा उनी राष्ट्रसंघ अन्र्तगत सुडानमा कार्यरत थिए । सुडान मिसनमा उनको ६ महिना अवधि बाँकी नै थियो । तर नयाँ आईजीपीका लागि दौडधुप सुरु भइसकेकाले उनले बीचमै मिसन छाडेका हुन् । खरेल भावी आईजिपीमा बलिया प्रतिस्पर्धी हुन् ।

आफ्नो कार्यकाल २ वर्षको भएपनि मातृभुमिको सेवाका लागि नेपाल फर्किएको खरेलले फेसबुक स्टाटस मार्फत जनाएका थिए । नयाँ प्रहरी महानिरीक्षकको छनौटमा अन्तिम हात प्रधानमन्त्री केपी शर्मा ओलीकै भए पनि एमाले र माओवादी केन्द्रका नेताहरु अलग अलग प्रतिस्पर्धी बोकेर हिडेका छन् । ओलीले माओवादीभित्र पनि आफू निकट मानिने रामबहादुर थापालाई गृहमन्त्री बनाएर गृहमन्त्रालयमा हावी हुने संकेत दिएका छन् ।

प्रधानमन्त्री अहिलेसम्म तीनै जना प्रतिस्पर्धीको पक्षमा खुलेका छैनन् । तर, आफूप्रति अत्यन्तै ‘लोयल’ हुने पात्रको खोजीमा ओली छन् । अहिलेको आईजीपी छनोटमा प्रधानमन्त्रीले उनीहरुको बानी ब्यहोरा र निकटताबारे एमाले सांसदसमेत रहेका पूर्वडीआईजी नवराज सिलवालसँग परामर्श गरेका छन् । भनिन्छ, सिलवाल सर्वेन्द्रको पक्षमा पहिलादेखि नै खुलेर लागेका छन् ।

आईजीपी छनोटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित गृहमन्त्री थापा र एमालेभित्रका शीर्ष नेताहरुले आँखा लगाएका छन् । एमालेका नेताहरुको ‘च्वाइस’ अलग अलग छ ।

भोजपुरे भएकाले पुष्कर कार्कीलाई जिम्मेवारी दिने सवालमा राष्ट्रपति विद्यादेवी भण्डारीको इच्छा रहेको एमाले बृत्तमा चर्चा चल्ने गर्छ । कार्की पक्षले उनी एमाले निकट रहेको सन्देश प्रधानमन्त्रीसम्म पु¥याएका छन् । कार्कीको पक्षमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायत सकारात्मक रहेको स्रोतको दावी रहेको छ ।

प्रधानमन्त्रीले पहिलो वरीयताका डीआईजीलाई नै आईजीपी बनाउने सन्देश दिएपछि कार्यसम्पादन मूल्यांकन (कासमु)मा को अगाडि छ भन्ने विषयले पनि चर्चा पाएको छ । अहिलेका आईजीपी अर्यालले कासमु अंक दिन नपाउने भएपछि त्यहाँ चलखेल हुने सम्भावना बढेकोछ ।

सर्वेन्द्र खनाल एसएसपीवाट डिआइजी वन्दा बरियतामा एक नम्मबरमा परे । त्यसकारण उनको दाबी स्वभाविक रहेको उनी पक्षका नेताहरुको रहेको छ । भनिन्छ, सर्वेन्द्रप्रति प्रधानमन्त्री पनि सकारात्मक छन् । तर, प्रहरीभित्र सर्वेन्द्रकै हाराहारिको चर्चामा रहेका कार्कीको पक्षमा राष्ट्रपति उभिएको खण्डमा के होला ? पक्कै सर्वेन्द्रलाई अफ्टेरोमा पार्ने छ ।

अन्यथा कासमुमा अहिलेसम्म पहिलो नम्बरमा रहेका सर्वेन्द्रप्रति एमाले नेता माधवकुमार नेपाल र पूर्व गृहमन्त्री रहेका उपाध्यक्ष बामदेव गौतम सकारात्मक छन् । सर्वेन्द्रप्रति एमालेका नेताहरुमात्रै होइन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सकारात्मक धारणा राखेका छन् ।

रमेश खरेलको पक्षमा एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री भीम रावलमात्रै सकारात्मक छन् । बामदेव गौतम गृहमन्त्री हुँदा कांग्रेसको आडमा आफूलाई अपमानित गरेको भन्दै एमालेका कतिपय नेताहरु खरेलप्रति रुष्ट छन् । तर, तराईका सशस्त्र समूह सिध्याउन रावलको निर्देशनमा सफलतापूर्वक काम गरेको भन्दै खरेललाई रावलले बोकेरै हिँडेका छन् ।

सर्वेन्द्र खनाल र रमेस खरेल पुलिसभित्रका ठूला सेलिब्रेटी मानिन्छन् । केही उदाहरणिय काम गरेपछि पुष्कर कार्की समेत खनाल र खरेलको हाराहारिमा उभिन आइपुगेका छन् । त्यसकारण यी तीन डिआइजी मध्ये जसले बाजी मारेपनि विगतको जस्तो फरक नपर्ने सुरक्षा विज्ञहरु वताउँछन् ।

किनभने यी तीनै जना आइजीपीकालागी फिट छन् । ‘क्वालिफाइड’ छन् । तर, यी तीनजना भित्रवाट नै आइजीपी छानिन्छ भन्ने कुराको भने सय प्रतिसत टुंगो छैन । उत्तम कार्कीले पनि रेशवाट खुट्टा झिकिसकेका छैनन् । अर्थात अहिले जो–जो डिआइजी छन् ती सवै आइजीपीकालागी दावेदार हुन् । फरक, संभावना कस्को बढी र कस्को कम मात्र हो ।

Logo