राष्ट्रपतिले संविधानका धारालार्इ पानीको धारा सम्झनु भयो

राष्ट्रपतिले संविधानका धारालार्इ पानीको धारा सम्झनु भयो

केन्द्रबिन्दु
0
Shares

नेपालको संविधानमा राष्ट्रिय सभा निर्वाचनपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अनुमोदन गरी तीन जना संसाद निर्वाचित हुने व्यवस्था छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सिफारिस गरेका तीन संसादलार्इ अनुमोदन नगरेका राष्ट्रपतिले केपी शर्मा ओली प्रधानमन्त्री हुनासाथ अनुमोदन गरेको विषयमा कांग्रेसका भातृसंगठन नेपाल तरुल दलले आन्दोलन गर्दै आएको छ । यसै सन्दर्भमा नेपाल तरुल दलका अध्यक्ष जीतजंग बस्नेतसँग केन्द्रबिन्दुका लागि प्रेम कुमार श्रेष्ठले गरेको अन्तर्वार्ताको सम्पादित अंश । 

नेपाल तरुल दलले राष्ट्रपतिविरुद्ध आन्दोलन चर्काएको छ, यो आन्दोलनले के अर्थ राख्छ ?

राष्ट्रपति भनेको देशको अभिभावक हो । उहाँले नेपालका सबै जनता र राष्ट्रका हित हुने काम गर्नुपर्दछ । तर, यो हुन सकेन । उहाँले नेपाली कांग्रेसका नेता प्रधानमन्त्री हुँदा र एमालेका नेता प्रधानमन्त्री हुँदा फरक व्यवहार गर्नु भयो । जुन राष्ट्रिय सभा निर्वाचनपछि स्पष्ट भयो । यसकै विरोधमा हामीले आन्दोलन गरेका हौँ ।

आन्दोलनले राष्ट्रपतिलार्इ विवादमा तान्ने प्रयत्न गर्नुभएको हो ?

राष्ट्रपतिलार्इ विवादमा तान्ने प्रयत्न गरेको होइन । हामीले उहाँले गर्नुभएको चरित्रका बारेमा सच्याउन माग गरेको हो । उहाँले नेपाल संविधानको रक्षा गर्ने हो । तर, उहाँबाट कानुनको रक्षा नहुने भएकाले हामीले रक्षा गर्नका लागि आन्दोलन गर्नु पर्ने भएको हो ।

राष्ट्रपतिलार्इ विवादमा ल्याउँदा लोकतन्त्र र गणतन्त्र धरासार्इ हुन्छ नि ?

उहाँ विवादमा आइसक्नु भयो । हामीले ल्याउन खोजेका होइनौँ । जति ठूलो भयो त्यति नै लुङ्गिनु पर्ने हो, बाँस झै । उहाँ त सिधा मात्र जान खोज्नु भयो । यसरी जनता र राष्ट्रलार्इ हेर्ने आँखा फरक हुन जान्छ भन्न खोजेको हो, विवादमा तान्न होइन ।

पार्टी र अन्य भातृ संगठनले पनि आन्दोलनमा सघाएका छन् ?

आन्दोलन युवाले गर्ने हो । जसले गर्न सक्छन् उसैले गर्ने हो । यस आन्दोलनमा पार्टीले पनि सघाउँदै आएको छ । अरु भातृ संगठनसँग पनि छलफल गर्दै छौँ । अरु भातृ संगठनले नगर्दैमा हामी चुप लागेर बस्नु पर्छ भन्ने होइन ।

राष्ट्रपतिविरुद्ध आन्दोलन कहाँसम्म पुग्छ ?

राष्ट्रपतिले संविधानका धारालार्इ पानीको धारा सम्झनु भयो । यसले संविधानका धारा पनि मन लागेको बेला खोल्ने मार्ने हुने भयो । राष्ट्रपतिले यो गतिविधि नरोकेसम्म आन्दोलन जारी हुन्छ ।

Logo